नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँदिल्लीस्थित हैदराबाद हाउसमा औपचारिक स्वागत गरेका छन् ।
द्विपक्षीय औपचारिक भेटवार्ताअघि हैदराबाद हाउसपरिसरमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई हार्दिक स्वागत गरेका हुन् । सो अवसरमा दुवै देशका प्रधानमन्त्रीबिच संक्षिप्त भलाकुसारी तथा शिष्टाचार अभिवादन आदान–प्रदान भएको थियो।
स्वागत कार्यक्रम सम्पन्न भएसँगै नेपाल र भारतका प्रधानमन्त्रीबिच औपचारिक द्विपक्षीय वार्ता सुरु भएको छ।
राजकीय भ्रमणका क्रममा हुन लागेको यस उच्चस्तरीय वार्तालाई नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।