काठमाडौं: —
Earth News Nepal आइतबार,१३ मंसिर २०८३
ट्रेन्डिङ

आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । मन्त्री लाम्सालले आठ शहरमा निर्माण गरिने रंगशालामा कम्तीमा ८ हजार दर्शक क्षमताका साथै फ्लडलाइटको व्यवस्था गरिने बताएका छन् । सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उनले उल्लेख गरेका छन् ।

रंगशाला निर्माणको योजनाले एनपीएललाई देशभर विस्तार गर्न तथा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास मन्त्री लाम्सालले व्यक्त गरेका छन् । उनले क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन् ।

चार्डपर्वका बीच नेपाली क्रिकेटको पर्वका रूपमा एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिँदै मन्त्री लाम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजनासमेत सार्वजनिक गरेका हुन् ।

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

इलाम । इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँचबुझ गरेको थियो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले घटनाबारे थप अनुसन्धान भइरहेको समेत जानकारी दिए ।

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ ।

प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शाहले भनेका छन्, “एनपिएलमा सहभागी हुन आउनुभएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना ।”

एनपिएलको उद्घाटन खेल आज साँझ ५:०० बजेदेखि सुरु हुँदैछ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो ।

सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लो एक सातामा यसको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । ब्रेन्ट क्रुडको मूल्य पछिल्लो ५२ साताको उच्चतम स्तर ११७.४१ डलर प्रतिब्यारेलको नजिक पुगेको छ ।

नेपालले पेट्रोलियम पदार्थको आन्तरिक माग पूरा गर्न आयातमा निर्भर रहनुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यवृद्धिले प्रत्यक्ष रूपमा आयात खर्चमा दबाब पार्न सक्छ । कच्चा तेल तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य लामो समय उच्च रहेमा नेपाल आयल निगमको खरिद लागत बढ्ने र त्यसको असर इन्धनको आन्तरिक मूल्यमा पर्न सक्ने जोखिम हुन्छ ।

इन्धनको मूल्य बढ्दा यातायात तथा ढुवानी खर्च वृद्धि हुने भएकाले कृषि उत्पादन, औद्योगिक वस्तु र दैनिक उपभोग्य सामग्रीको मूल्यमा समेत दबाब पर्न सक्छ । यसले समग्र मुद्रास्फीति बढाउने जोखिम सिर्जना गर्छ । इन्धनको मूल्यवृद्धिले आयात खर्च बढाएमा नेपालको विदेशी मुद्रा सञ्चितिमा समेत दबाब पर्न सक्छ ।

पश्चिम एसियामा जारी तनाव र थप द्वन्द्वको सम्भावनाले विश्व ऊर्जा बजारमा अनिश्चितता बढाएको छ । एनरिच मनीका प्रमुख कार्यकारी अधिकृत पोन्मुडी आरका अनुसार मध्यपूर्वमा जारी तनाव र आपूर्ति अवरोधको चिन्ता कच्चा तेलको मूल्य उच्च रहनुका प्रमुख कारण हुन् । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको मूल्य प्रतिब्यारेल १०१ देखि १०२ डलरको आसपास रहँदा ब्रेन्ट क्रुड ११५ डलरभन्दा माथि कारोबार भइरहेको छ ।

यसैबीच, ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गको सुरक्षालाई लिएर पनि चिन्ता बढेको छ । उक्त जलमार्गबाट विश्वको समुद्री मार्ग हुँदै हुने कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानीको करिब २० देखि २५ प्रतिशत हिस्सा ओसारपसार हुन्छ । त्यहाँ हुने अवरोधले विश्व बजारमा तेलको आपूर्ति र मूल्य दुवै प्रभावित गर्न सक्छ ।

अमेरिकाले साउदी अरबमा गैरआकस्मिक सरकारी कर्मचारी र उनीहरूका योग्य परिवारका सदस्यलाई सुरक्षा जोखिमका कारण देश छाड्न आदेश दिएको छ । त्यहाँ हालै भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणले ऊर्जा पूर्वाधार र ढुवानी सुरक्षाबारे चिन्ता थपेको छ ।

पश्चिम एसियामा भएका आक्रमण र द्वन्द्वका कारण क्षेत्रीय तेल प्रशोधन क्षमताको दैनिक करिब ३० लाख ब्यारेल प्रभावित भएको समाचारमा उल्लेख छ । आपूर्ति अवरोध लम्बिएमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य थप बढ्न सक्ने जोखिम छ ।

नेपालमा यसको वास्तविक असर भने अन्तर्राष्ट्रिय बजारमा मूल्य कति समय उच्च रहन्छ, पेट्रोलियम पदार्थको खरिद मूल्य, अमेरिकी डलरको विनिमय दर तथा नेपाल आयल निगमको मूल्य समायोजनमा निर्भर हुनेछ । मूल्यवृद्धि लामो समय कायम रहेमा आयात खर्च बढ्नुका साथै यातायात, उत्पादन र उपभोग्य वस्तुको मूल्यमा थप दबाब पर्न सक्छ ।

‘एनपिएल नेपाली खेलकुदको उत्सव’ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपाल प्रिमियर लिग (एनपिएल)केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।

आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको कामना पनि गरे । 

प्रधानमन्त्री शाहले भनेका छन्, “एनपिएलमा सहभागी हुन आउनुभएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ(क्यान) लाई हार्दिक शुभकामना ।”

एनपिएलको उद्घाटन खेल आज साँझ ५:०० बजेदेखि सुरु हुँदैछ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुदैछ । 

आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडनेछन्।  पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

यसैबीच प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। 

यसका साथै प्रतियोगिताको सबै तयारी लगभग पूरा भएको समेत नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

किन लालू यादवको घर पुगिन् मल्लिका शेरावत ?

बलिउड अभिनेत्री मल्लिका शेरावत बिहारका नेता लालू यादवको घरमा पुगेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । आखिर उनी त्यहाँ किन गएकी थिइन् ?

मल्लिका पटना आयोजित डान्डिया नाइट कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । त्यही क्रममा उनको तेजप्रतापसँग भेट भएको थियो । उनी बिहारका पूर्वमुख्यमन्त्री लालू यादवका जेठा छोरा  र  जनशक्ति जनता दलका अध्यक्षसमेत हुन् ।

यसअघि जियोको एउटा कार्यक्रम र ‘भोजपुरी बवाल’ नामक कार्यक्रममा पनि मल्लिकासँग तेजप्रतापको भेट भएको थियो । पटना पुगेकी मल्लिकाले तेजप्रतापसँग उनको परिवारलाई भेट्ने इच्छा व्यक्त गरेकी थिइन् । त्यसपछि तेजप्रतापले उनलाई आफ्नो घरमा निम्तो दिएका हुन् ।

घरमा मल्लिकाको भेट लालूप्रसाद यादवकी पत्नी तथा बिहारकी पूर्वमुख्यमन्त्री राबडी देवी र रोहिणी आचार्यसँग भयो । तेजप्रतापले मल्लिकाको परिवारका अन्य सदस्यहरूसँग पनि भिडियो कलमार्फत कुराकानी गराएका थिए । भेटघाटको भिडियो उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

तुइन विस्थापन र पुल निर्माणको सम्भाव्यता हेर्न हुम्ला जाँदै हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ तुइन विस्थापन गरी पुल निर्माणको वस्तुस्थिति बुझ्न हुम्ला प्रस्थान गरेका छन्।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले सुर्खेत हुँदै हुम्ला जान लागेको जानकारी दिए। धरानबाट सडकमार्ग हुँदै जाँदा करिब सात दिन लाग्ने भएपछि आफू हवाईमार्ग रोजेर निस्किएको उनले बताए।

हुम्ला जानुको मुख्य उद्देश्य तुइन रहेको ठाउँमा पुल निर्माण गर्नु नै रहेको उनको भनाइ छ। सो स्थानमा ‘कादुरी’ नामक विदेशी संस्थाले पुल बनाउने चर्चा चलेको बताउँदै उनले भने, ‘त्यहाँ कादुरीले पुल बनाउने कुरा आएको छ, तर हामी आफैँ पुगेर हेर्छौं। एक पटक जान्छु भनेपछि त्यहाँ पुगेर के गर्न सकिन्छ, त्यो हेर्नैपर्छ।’

आसन्न निर्वाचन र संगठन विस्तार छाडेर पुल निर्माणमा किन लागेको भन्ने प्रश्नमा उनले आफूलाई परम्परागत नेताको रूपमा नहेर्न आग्रह गरे।

‘धेरै नेताहरू दुर्गममा जान सक्दैनन्, म त नेता नै होइन,’ उनले भने, ‘हामीलाई अरूले के गर्छ भन्नेभन्दा पनि जनताका लागि पुल-पुलेसा, विद्यालय र गरिबका लागि घर बनाउने काम महत्त्वपूर्ण लाग्छ।’

विकास निर्माणको काम सरकारको मात्रै दायित्व हो कि भन्ने सवालमा उनले सरकारको मुख मात्रै ताकेर बस्ने प्रवृत्तिको विरोध गरे। सरकारको मात्रै भर पर्ने हो भने नागरिकको दायित्व केही पनि बाँकी नरहने तर्क गर्दै उनले श्रम संस्कृतिको महत्त्वलाई जोड दिए।

हुम्लामा आफ्ना श्रमदाताहरू पहिलेदेखि नै रहेको र उनीहरू आफूलाई पर्खिरहेकाले त्यहाँ पुगेर उनीहरूसँग समेत भेटघाट तथा छलफल गर्ने साम्पाङले जानकारी दिए।

बाढीपहिरो प्रभावित क्षेत्रमा बत्ती बल्यो

काठमाडौँ । गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ। नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन्। 

प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबार बत्ती बलेको बताए। ‘धेरै ठाउँमा दुईरतीन दिनमै विद्युत आपूर्ति गराएका थियौं। पाउद्धार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरू दसैँको समयमा रातीसम्म परिचालन भयौ,’ उनले भने, ‘कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत आपुर्ति गराएका छौ। दोस्रो चरणमा थप मर्मत गरि विद्युत आपुर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौं।’ 

म्याग्दी वितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनीका सहित २४ हजार चार सय ९० ग्राहक छन्। तातोपानी वितरण केन्द्र अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा सहित मुस्ताङमा विद्युत आपूर्ति हुन्छ।

बाढी पहिरोले प्राधिकरणको ३३/११ केभीको प्रशारण, वितरण लाइनका दुई सय ५० वटा पोल र त्यहाँ तानिएका तार क्षति गरेको थियो। कुल रु एक करोड ५० लाख क्षति पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिए। अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट तर्फबाट विद्युत आपूर्ति गरिएको छ। यस क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत आपूर्ति हुने गरेको थियो। 

पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत आपूर्ति गराइएको बेनी वितरण केन्द्रका प्रमुख गामीले बताए। विद्युत आपूर्ति हुन थालेपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ। 

एनपिएल विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको पुरस्कार राशिबारे औपचारिक जानकारी दिएको हो।

क्यानका अनुसार प्रतियोगिताको उपविजेताले ८० लाख रुपैयाँ हात पार्नेछ।

त्यसैगरी, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।